
उदयपुर, साउन ८ गते ।
उदयपुरका संघीय सांसद सुरेशकुमार राईले उदयपुृर लगायतका बाढी पहिरो पिडित तथा प्रभावितहरुलाई राहत र पुनस्र्थापनाका लागि माग गरेका छन् ।
आज सांसद बैंठकमा बोल्दै सांसद राईले पिडित र प्रभावितका लागि राहत तथा पुनस्र्थापनाको माग गरेका हुन् । पहाडी गाउँपालिकाहरुका सडकहरु तहसनहस भएकाले खाद्यान्न ढुवानी र आवतजावतमा समस्या भएको भन्दै तत्काल खाद्यान्न संकट टार्न हेलिबाट ढुवानीको व्यवस्थाको माग गरे ।