
पूर्णपुष्टि, फागुन १४
सुर्खेतको सिद्धपाइला क्याम्पसले साइकल चढ्ने विद्यार्थीलाई छात्रबृति दिने घोषणा गरेको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा अवस्थित सिद्धपाईला क्याम्पसले साइकल चढेर क्याम्पस आउने विद्यार्थीलाई मासिक शुल्कमा २५ प्रतिशत छुट गर्ने घोषणा गरेको हो ।
विद्यार्थीहरू हरेक दिन साइकल चढेर क्याम्पसमा आवतजावत गरेमा मासिक शुल्कमा २५ प्रतिशत छुट दिने व्यवस्था गरिएको क्याम्पसले जनाएको छ । विद्यार्थीलाई शारीरिक तथा मानसिक रुपमा तन्दुरुस्त राख्न र वातावरण प्रदूषण कम गर्न यो अभियान थालेको जनाईएको छ ।
विद्यार्थीबाट सुरू भएको यो अभियानबाट आमनागरिकले पनि सिक्ने छन् । त्यसैले साइकलमा क्याम्पस–घर जाने विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरेको जनाएको छ । यो अभियानले पर्यावरणीय सन्तुलनसँगै इन्धनको समेत बचत हुने छ ।
