Saturday, May 16News That Matters

साइप्रसबाट नेपाल आएकाहरु लकडाउन खुलेपछि फर्कन पाउने

पूर्णपुष्टि, जेठ ८ गते । 

साइप्रसबाट बिदामा नेपाल आएरका तर लकडाउनले फर्कन नपाएकाहरुले कुनै औपचारिक प्रक्रिया नगरि कनै लकडाउन खुलेपछि साईप्रस फर्कन पाउने भएका छन् ।

मार्च १५ भन्दा पछि साईप्रसको भिसा सकिएका तर अन्तर्राष्ट्रिय उडान र लकडाउनले फर्कन नपाएकाहरुलाई साइप्रस सरकारले सहजै फर्कन दिने भएको हो ।

यो अवधिमा म्याद सकिएका भिसाहरु स्वतः नवीकरण हुनेछन् ।