Friday, February 7News That Matters

साईड दिदा च्यापिएर सहचालकको मृत्यु

उदयपुर, माघ २८ गते ।

उदयपुरको कटारीमा बसले मोटरसाईकललाई साईड दिदा सहचालकको मृत्य्ु भएको छ ।

कटारी नगरपालिका ५ सिसाघारीमा यात्रुबाहक बसले मोटरसाइकललाई साईड दिदा विजुलीको पोलमा च्यापिएर सहचालको मृत्यु भएको हो ।

नेपालटारबाट कटारी तर्फ जाँदै गरेको ना ५ ख ३८८४ नम्बरको बसले बिपरित दिशाबाट आउदै गरेको मोटरसाईकललाई साईड दिनेक्रममा बस बिजुलीको पोल च्यापिन पुगेको थियो । सहचालक उदयपुरगढी गाउँपालिका ३ निबासी २१ बर्षीय रोशन कार्कीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

पोलमा च्यापिएर गम्भीर घाइते भएका कार्र्कीलाई उपचारको लागि कटारी अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।