Tuesday, July 7News That Matters

साउदीमा अवैध बसोवास गर्ने ७४ नेपालीले पाए एक्जिट भिसा

पुर्णपुष्टि,पुष ३० । अवैध रुपमा साउदी अरवमा बसोवास गर्दै आएको ७४ नेपालीले ‘एक्जिट भिसा’ (बहिर्गमन भिसा) प्रदान गरेको छ । साउदीको रियादबाट ४२ र दमामबाट ३२ नेपालीले एक्जिट भिसा पाएको रियादस्थित नेपाली दूतावासले जनाएको छ ।

साउदी अरेवियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउनी आवासीय अनुमति पत्र (इकामा) नबानाइएका वा नवीकरण नगरिएका र हुरुव लगाएका नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसाका लागि साउदी दुतावासले अनुरोध गरेको थियो । अवैध रूपमा साउदीमा रहेका आप्रवासी कामदार स्वदेश फर्कनु परे अनिवार्य रूपमा एक्जिट भिसा आवश्यक पर्छ। एक्जिट भिसा नभएसम्म कामदार स्वदेश फर्कन पाउँदैनन्। सम्बन्धित देशको दूतावासले अनुरोध गरेपछि साउदी सरकारले एक्जिट भिसा उपलब्ध गराउने गर्छ ।

यसैगरी, साउदी जवाजतको नयाँ नियम अनुसार हुरूब लागेकाहरूले एक्जिट भिसा लागेको २ हप्ताभित्र साउदी छोडिसक्नु पर्ने भएको दूतावासले जनाएको छ। केही आवेदकको एक्जिट भिसा लागेको केहि समय भइसकेकाले दूतावासले प्रकाशित गरेको लिष्टमा नाम भएका हुरूब लागेका व्यक्तिहरूले अनिवार्य रूपमा अबको ७ दिन भित्रै साउदी छोडी सक्न पनि दूतावासले अनुरोध गरेको छ। अरूलाई पनि आफ्नो एक्जिट भिसाको म्याद हेर्न र एक्जिट भिसाको म्याद भित्रै साउदी छोड्न दूतावासले भनेको छ।