Monday, February 17News That Matters

साउनेमा ग्लोबल बैँकको शाखा रहित सेवा सुरु

उदयपुर, असार १६ गते ।

त्रियुगाको साउनेमा ग्लोबल आइएमई बैंकले शाखा रहित सेवा सुरु गरेको छ । त्रियुगा नगरपालिका – १४ साउनेमा सोमबारबाट बैँकले बैँकिङ सेवा संचलान गरेको हो ।

पहाडी क्षेत्रका ग्राहकहरुलाई विशेष बैँकिङ सेवा सुविधा प्रदान गर्ने उद्देश्यले शाखा रहित सेवा संचलान गरेको ग्लोबल बैक गाईघाट शाखा प्रबन्धक रबिनराज दाहालले बताए ।

साउनेमा संचालन भएका ग्लोबल आइएमई बैंकका शाखा रहित बैँक सेवाको प्रतिनिधी मिनबहादुर राई रहेको प्रबन्धक दाहालले बताए ।