Friday, February 14News That Matters

साकेलामा पूर्वकै ठुलो चिन्डो

उदयपुर, जेष्ठ ३१ गते । 

उदयपुरको सदरमुकाम गाईघाटमा आज भईरहेको साकेलामा पूर्वकै ठूलो चिन्डो (वाबु)  आकर्षणको केन्द्र बनेको छ । किराँत राईको सभ्यातासंग जोडिएको चिन्डो (वाबु) साकेला सिली प्रतियोगिले ल्याएको हो । सुनसरीको बराहाक्षेत्र नगरपालिका अन्तर्गत चक्रघट्टी स्थित किराँत राई यायोक्खा प्रारम्भिक कार्यसमितिले ल्याएको चिन्डो सबैको आकर्षणको केन्द्रबिन्दु बनेको हो ।

चिन्डोविना किराँत राईको संस्कार अधुरो हुने राई बृद्ध जीतमान राईले बताउनुभयो । घरको पितृ पूजादेखि विवाह, न्वरानसम्मका कार्यमा चिन्डोको आवश्यकता पर्दछ । किराँत धामीको लागि त झनै नभई नहुने चिजको रुपमा चिन्डो रहेको छ ।

फाईबरबाट बनाईएको चिन्डो करिब ८ फिट अग्लो छ । त्यसलाई बोक्न चार/पाँचजना लाग्दछ । उक्त चिन्डो चक्रघटीका स्थानीय रोसन राईले बनाएका थिए ।