Wednesday, June 17News That Matters

साढे आठ हजार घुससहित नासु चौधरी पक्राउ

पूर्णपुष्टि, भदौ २३
साढे आठ हजार घुस रकमसहित एक जना नासु धनुषाबाट पक्राउ परेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोग बर्दिबासले जिल्ला प्रशासन कार्यालय, धनुषामा कार्यरत नायब सुब्बा उमेशकुमार चौधरीलाई घुस रकमसहित पक्राउ गरिएको हो ।
चौधरीलाई सेवाग्राहीबाट लिएको आठ हजार पाँच सय रूपैयाँ घुससहित जनकपुरधाम उपमहानगरपालिका–४ बाट मंगलबार पक्राउ गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभएको छ ।
चौधरीले सेवाग्राहीसँग नागरिकताको प्रतिलिपि बनाउन विभिन्न बहाना बनाई आठ हजार पाँच सय रूपैयाँ माग गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रवक्ता रिसालले बताउनुभयो ।
उनीबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।