Friday, February 7News That Matters

साढे नौ लाखको अवैध सुर्ती सहित बोलेरो पक्राउ

उदयपुर, जेष्ठ २१ गते ।

उदयपुरमा अवैध सुर्ती बोकेका बोलेरो गाडी मंलबार प्रहरीले पक्राउ गरेको छ । त्रियुगा नगरपालिका–१० बाँसघारीबाट विहान करिब ७ः३० बजे प्रहरीले अवैध सुर्ती बोकेको गाडी पक्राउ गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी र जिल्ला प्रहरी कर्यालय उदयपुरको संयुक्त टोलीले सवारी साधन चेक जाँच गर्ने क्रममा बोरामा सुर्ती बोकेका को १ ज २६९३ नम्बरको बोलेरो पिकअप गाडी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

करिब ४५ बोरा टेम्पल नामक सुर्ती राजश्व स्टिकर नटासिएको अवैध बोरामा बाँधेर काजग पत्र नभएको गाडीमा लादै गरेको अवस्थामा प्रहरीको चेकजाँच टोलीले पक्राउ गरेको जनाईएको छ ।

नियन्त्रणमा लिईएको करिब ९ लाख ५० हजार मूल्य बराबरको अवैध सुर्ती, गाडी सहिति राजश्व कार्यालय ईटहरी पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।

सुर्ती ओसार पसारमा संलग्न गाडी, चालक र गाडी धनी सहित प्रहरी नियन्त्रणमा रहेको छ । सनुसरी धरान उपमहानगरपालिका–११ निबासी २४ वर्षीय दिपक नेपाली बोलेरो चालक हुन् भने गाडी धनी उक्त निबासी ३२ वर्षीय मानबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ ।