Monday, February 17News That Matters

साफ च्याम्पियनसिपमा नेपालको पहिलो खोल भारतसँग

साउन १५ गते । 

यू–१५ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको पहिलो खेल नेपालले भारतसँग खेल्ने भएको छ । साफ च्याम्पियनसिप खेलको पहिलो खेल अगष्ट २१ मा नेपालले भारत सँग खेल्ने भएको हो ।

कल्यानी रंगशालामा संचालन हुने खेलमा नेपालले दोस्रो खेल अगष्ट २३ मा श्रीलंकासँग प्रतिस्पर्धा गर्ने भएको छ । अगष्ट २७ मा तेस्रो खेल बंगलादेशसँग खेल्ने नेपालले अन्तिम खेल भुटानसँग अगष्ट २९ तारिखमा खेल्नेछ । फाईनल खेल अगष्ट ३१ तारिखमा हुने भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघले मंगलबार  खेल तालिकाको खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगितामा पाँच देशको फुटबल टिमले सहभागिता जनाउने छ ।