
पूर्णपुष्टि, भदौ १
सुनसरीमा सिटी सफारी पल्टदा एक जनाको मृत्यु र एक जना घाईते भएका छन् । कोशी गाउँपालिका–२ स्थित भित्री पक्की सडक खण्डमा उत्तरबाट दक्षिण आउदै गरेको को २ ह ११६३ नम्बरको सिटी सफारी अनियन्त्रित भई पल्टदा सवार एक जनाको मृत्यु र एक जना घाईते भएका हुन् ।
हिजो बेलुका ५ बजे भएको दुर्घटनाबाट सोही स्थानका ७४ वर्षीय फरेबी यादव र बराहक्षेत्र–११ की २३ वर्षीया सबिना माझी घाईते भएका थिए । घाईते मध्ये यादबको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा राती पौने १२ बजे मृत्यु भएको थियो भने माझीको घोपा धरानमा उपचार भईरहेको छ । सिटी र चालक कोशी गाउँपालिका–२ का २० वर्षीय रंजित यादव जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको छ ।
