Friday, February 7News That Matters

सितेनीमा बोलेरो दुर्घटना, १ को मृत्यु, ३ गम्भिर

पूर्णपुष्टि/उदयपुर, पुस ११ गते ।

उदयपुरमा मंगलबार एक बोलेरे दुर्घटना हुँदा एकजनाको मृत्यु हुनका साथै तीनजना गम्भिर घाइते भएका छन् । जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टका अनुसार मृत्यु हुनेमा त्रियुगा नगरपालिका १० का कमल मगर रहेका छन् ।

रौतामाई गाउँपालिकाको सल्लेबाट गाईघाटतर्फ आउदै गरेको स १ च १२२८ नम्बरको बोलेरो जीप रौतामाई गापा ६ स्थित सितेनी भन्ने ठाउँमा भएको दुर्घटना हुदा चालक रौतामाई गापा ४ का ३५ बर्षिय रत्न राई, यात्रुहरु रौतामाई गापा ४ कै ४० बर्षिया निर्मला राई र ४५ बर्षिय भक्तबहादुर सार्की गम्भिर घाइते भएका हुन् । अर्का एक यात्रु १४ बर्षिय बालक सन्देश राई भने हामफालेर सकुशल हुन सफल भएको प्रहरीले जनाएको छ ।

५ जना यात्रु चढेको बोलेरो अनियन्त्रित भई सडकबाट तीनसय मिटर तल खसेको प्रहरी चौकी साउनेले जनाएको छ ।

दिउसो करिब डेड बजेको समयमा भएको दुर्घटनाको खबर लगत्तै घटनास्थलतर्फ जिल्लाबाट प्रहरीको टोली गएको बताइएको छ । घाइतेहरुलाई स्थानीयले उद्धार गरी उपचारार्थ जिल्ला अस्पताल गाईघाट ल्याउदै गरेको प्रहरीले जनाएको छ ।