पूर्णपुष्टि, पुष २०
त्रियुगा नगरपालिका वडा नं १६ मा पर्ने सिद्रे अजिंगरे जोड्ने झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भएको छ । बर्खायाममको समयमा समेत आवत जावतमा सहज गर्न यस पुलले एक अर्को वस्तीलाई जोड्न सफल भएको छ । बर्खाको समयमा खोला अत्यादिक ठुलो हुने र आवत जावतमा समस्या हुने भएपछि सहजता लागि वडाले पुल निर्माण गरेको जनाएको छ । उक्त खोलामा पुल निर्माण सँगै वारीपारी आवतजावतमा सहज भएको वडाअध्यक्ष मान वहादुर राईले बताए ।
राईले सिद्रे, जाँते, अम्वोके, डिहिटार र बेल्दोभान लगायतका वस्तीहरु खोला पारि रहेको जनाए । वडा कार्यालय र विद्यालयका लागि उक्त वस्तीको स्थानीयहरु आवतजावत गरिरहनु पर्ने राईको भनाई छ । हिउँदमा पानी नहुँदा आवत जावउतमा समस्या नभएपनि बर्खाको समयमा भने त्यस क्षेत्रका स्थानीयहरु वारी तर्न असहज हुने गरेको अध्यक्ष राईको भनाई छ । वडा कार्यालय वारी रहेको हुँदा पनि त्यस ठाउँका मानिसहरु खोला पारी गरी बिभिन्न कामका लागि वारी तर्फ आउनु पर्ने अवस्था रहन्थ्यो । अहिले पुलले सहज जोडेको छ । निर्माण कार्य सम्पन्न सँगै सम्वन्धित निकायहरुले अनुगमन समेत गरिसकेको अवस्था छ । उक्त पुलको लम्वाई १६४ छ भने चौडाई १.८० मि रहेको छ ।

