सिन्धुली दुर्घटनामा उदयपुरका एकजनाको मृत्यु

पूर्णपुष्टि/उदयपुर, मंसीर १५ गते ।

काठमाडौंदेखि गाईघाटतर्फ आउदै गरेको हायस माइक्रोबस र विपरित दिशाबाट आउदै गरेको मोटरसाईकलबीच शुक्रबार दिउसो एकआपसमा ठक्कर खाँएर भएको दुर्घटनामा एक बृद्धाको मृत्यु भएको छ ।

रौतामाइ यातायात प्रा.लि. उदयपुरद्वारा सञ्चालित बा ३ ख ८४६७ नम्बरको हायस र स २ प ५९४७ नम्बरको मोटरसाईकल सिन्धुलीको कमलामाइ नगरपालिका ३ फाक्ताङ भन्ने ठाउँमा ठक्कर खाँदा हायसमा सवार उदयपुरको त्रियुगा नगरपालिका ९ राजाबासका ८४ बर्षिय बृद्धा राजेन्द्रप्रसाद भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

एकजना यात्रु त्रियुगा नगरपालिकाकी कमला खड्का घाइते अन्य ६ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते खड्कालाई उपचारार्थ काठमाडौं लगिएको छ । मोटरसाईकल र चालकको अवस्था सामान्य रहेको छ ।

मोटरसाईकललाई जोगाउन खोज्दा हायस अनियन्त्रित भई सडकमुनी खसेको जनाइएको छ । हायस चालक फरार रहेकोले खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0