
पूर्णपुष्टि, कात्तिक २१ ।
भारतले सिमा नाघ्दै नेपालको भूमिलाई भारतको नक्सामा समावेश गरेकोमा चर्को विरोध गर्दै विद्यार्थीहरुले उदयपुरमा पनि प्रदर्शन गरेका छन् । त्रियुगा जनता बहुमुखी क्याम्पस, मोतिगडाका विद्यार्थीहरुले विहिबार चर्को विरोध गर्दै गाईघाटमा प्रदर्शन गरेका हुन् ।
अनेरास्ववियुको नेतृत्वमा प्रदर्शन गरिएको जिल्ला अध्यक्ष बिमल कार्कीले बताए ।
भारतले नेपालको भूमी, कालापानी, लिपुलेक र लिम्पियाधुरा आप्mनो भूमिमा समावेश गरेको भन्दै सोको विरोधमा प्रदर्शन गर्दै र्याली तथा गाईघाट बजारको पिपलचौकमा कोणसभा गरेको थियो ।
हाम्रो भूमी फिर्ता गर, भारतीय विस्तारवाद मुर्दाबाद, देशभक्त विद्यार्थी एक हौं, हाम्रो भूमि हाम्रै हो जस्ता नाराबाजी गर्दै उनीहरुले नाराबाजी गरेका थिए ।
कोणसभामा बोल्दै विद्यार्थी नेताहरुले भारतको नेपालप्रतिको अपमान र हेपाहा प्रबृत्तिको चर्को आलोचना गरेका थिए । यस्ता गलत कार्य विरुद्ध कडा कदम चाल्न पनि सरकारसंग माग गरेका थिए । राष्ट्रियता र राष्ट्रप्रति धावा बोलिएको खण्डमा विद्यार्थी चुप नबस्ने भन्दै कडाईका साथ विरुद्धमा लाग्ने चेतावनी उनीहरुले दिए ।

