Tuesday, March 25News That Matters

सिरहामा पहिलोपटक साकेला पर्व मनाइयो (फोटो फिचरसहित)

पूर्णपुष्टि/उदयपुर, मंसीर १७ गते ।

सिरहाका किराँत राई समुदायले पहिलोपटक जिल्लामा साकेला नाचेर उधौली पर्व मनाएका छन् । किँरात उत्थान मञ्च, सिरहाले धनगडीमाई नगरपालिका १३ असारीमा उधौली साकेला कार्यक्रमको आयोजना गरी जिल्लामै पहिलोपटक किराँत राई समुदायको महान् पर्व उधौली मनाएको हो ।

धनगडीमाई नगरपालिका क्षेत्रका राई समुदायको उल्लासमय उपस्थितिमा ढोल, भ्mयाम्टा बजाउदै विभिन्न सिलीका साथ साकेला नाचिएको थियो । बालबालिकादेखि बृद्धबृद्धासम्मले ढोल भ्mयाम्टाको तालमा चौरी गाईको पुच्छर र सेउली नचाउदै साकेला नाचेका थिए । कार्यक्रममा उदयपुरका साकेला नाच समुहको आतिथ्य उपस्थिति रहेको थियो । पशुपन्छीको चालढाल, कृषिकर्म र मानवीय आदर्श क्रियाकलापलाई सिलिमा उतारेर नाचिने साकेला अत्यन्तै मनमोहक हुन्छ । उक्त साकेलामा राई जाती मात्र नभई अन्य जातीहरुसमेत नाचेर साथ दिएका थिए । साकेलालाई अन्य समुदायले पनि नाचेर सांस्कृतिक भाइचाराको सम्बन्ध बढाउने पर्वको रुपमा लिइन्छ ।

प्रकृतिपुजक राई समुदायले मंसीरेपूर्णेमा साकेला नाचेर उधौली मनाउछन् भने बैंसाखेपूर्णेमा उभौली मनाउछन् । साथै यसपर्वमा पृतिपूर्खालाई पनि सम्झन्छन् । प्रकृतिमा अप्रिय प्रकोप नहुन्, समयमा घामपानी परेर बालीनाली, जीवजन्तु, बनजंगल, खोलानदी हराभरा होउन् भन्ने कामना गरिन्छ । किराँत धामीले आप्mनो मुन्धुम ओकल्दै यस्तै मानव जीवनको कल्याणका लागि कामना गर्ने गर्दछन् । खासगरी अन्नबाली भित्राउने बेलामा प्रकृतिलाई सुनाउन उधौली मनाउने र बाली लगाउने बेलामा उभौली मनाउने चलन रहेको छ ।

आप्mनो संस्कार र संस्कृतिको जगेर्ना गर्ने हेतुले यसबर्षदेखि साकेला नाँच्न सुरु गरिएको र यसलाई आगामी बर्षहरुमा निरन्तरता दिइने मञ्चका अध्यक्ष श्रवण राईले बताउनुभयो । सिरहामा राई समुदायको बसोबास रहेको कतिपयलाई थाहा नभएको अवस्थामा अवका दिनमा साकेलाको माध्यमबाट संस्कार संस्कृतिको जगेर्ना गर्दै आप्mनो पहिचान सबै सामु ल्याउने प्रयत्न गरिएको उहाँले बताउनुभयो ।

साकेला नाँचसंगै आयोजित साकेला उद्घाटन समारोहमा धनगडीमाई नगरपालिकाका मेयर हरिनारायण चौधरीले सिरहामा पनि साकेला सुरुवात भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले सबैमा साकेलाको शुभकामना व्यक्त गर्दै साकेला पर्वको प्रवद्र्धनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । किराँत राई यायोक्खा उदयपुरका अध्यक्ष विमल किराँतीको प्रमुख आतिथ्य भएको कार्यक्रममा विभिन्न अतिथि वक्ताहरुले शुभकामना व्यक्त गर्दै निरन्तरताको शुभकामना दिएका थिए ।