
पूर्णपुष्टि/उदयपुर, माघ २६ गते
-घरेलु तथा साना उद्योग बिकास समितिको सहयोग तथा दिपज्योती एकल महिला कृषक समुहको आयोजनामा त्रियुगा नगरपालिका ४ वगाहामा २ महिने आधारभूत तालिम सुरु भएको छ ।
सिलाई कटाईबाट महिलालाई आत्मनिर्भर बनाउने उदेश्यले आईतबारबाट सुरु भएको तालिममा २० जना महिला सहभागिता रहेको आयोजक संस्थाका अध्यक्ष सृजना पौडेलले बताउनुभयो ।
पछिल्लो समय सिलाई कटाईप्रति महिलाहरु आकर्षित भएको र त्यसको व्यवसायिक सम्भावना राम्रो भएकोले तालिम गरिएको उहाँले बताउनुभयो । तरपनि त्यसलाई उचित व्यवसायिककरण गर्न नसकिरहेको कारण महिलाहरु आत्मनिर्भर बन्न नसकेका भन्दै तालिमपछि व्यवसायिकरणमा जोड दिएने बताएको छ । दिगोपन र व्यवसायिकिकरणका लागि तालिमको आयोजना गरिएको उहाँले बताउनुभयो ।
चैत्र २० गतेसम्म हुने तालिमको सहजिकरण कल्पना ढकालले गर्नुभएको छ । महिलाको नियमित आम्दानीको स्रोत नबन्दा महिलाहरु हिंसामा परेकाले आम्दानीको स्रोतका लागि तालिम दिइएको बताइएको छ । तालिमको उद्घाटन वडानं ४ का वडाध्यक्ष सुवास निरौलाले गर्नुभयो ।