Tuesday, June 9News That Matters

सिलाई व्यवसायी संघ उदयपुर शाखालाई केन्द्रको सम्मान

उदयपुर/चैत्र, ४

नेपाल कपडा तथा सिलाई व्यवसायी संघ उदयपुर शाखालाई केन्द्रले सम्मान गरेको छ । १ नं प्रदेश भरीका जिल्लाहरुको प्रतिनिधित्व रुपमा उदयपुर  शाखालाई केन्द्रले सम्मान गरेको हो । माहासंघको प्रथम स्थापना दिवसको अवसर पारेर काठमाण्डौमा उदयपुर सहित देशैभरीका ७ ओटै प्रदेशका ७ ओटा जिल्लाहरुलाई सम्मान गरेको छ ।

७ प्रदेशमा ५६ ओटा जिल्लाहरु मध्ये संस्थालाई महासंघ दर्ता गराउन प्रक्रियागत तरिकाले योगदान पुराउने ७ ओटा प्रदेशको ७ जिल्लाहरुलाई सम्मान गरिएको थियो । जिल्ला अध्यक्षहरुको प्रतिनिधित्वमा सम्मान गरिएको थियो । उदयपुर जिल्लाबाट नेपाल कपडा तथा सिलाई व्यवसायी संघ उदयपुर शाखाकी अध्यक्ष ज्ञानु प्रधानले प्रतिनिधित्व गर्नुभएको थियो । प्रधानले संस्था माहासंघ दर्ता गराउन विधिगत प्रक्रियामा संस्थालाई योगदाान गर्नुभएको भन्दै उदयपुर जिल्लालाई १ नं प्रदेशको प्रतिनिधित्वको रुपमा अघि सार्न सफल हुनुभएको थियो ।

मेचि महाकाली हिमाल पहाड तराई सबै क्षेत्रहरुमा सिलाई पेशा तर्फ व्यवसायीहरुको हकहित र प्रोत्सानमा उच्च पहिचान र स्थान बनाउन भुमिका खेल्न सकेकोमा उदयपुर जिल्लालाई केन्द्रले सम्मान तथा धन्यवाद व्यक्त गर्नु भएको छ ।