Friday, February 7News That Matters

सिलाई व्यावसायीहरुले बुझाए ज्ञापन पत्र

उदयपुर, जेष्ठ ३० गते ।

उदयपुरका कपडा तथा सिलाई व्यावसायीहरुले अनिवार्य भ्याट दर्ता नीतिको विरोध गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।

नेपाल सरकारले ल्याएको अनिवार्य मुल्य अभिबृद्धि कर दर्ता नीतिको विरोध गर्दै विहिबार जिल्ला प्रशासन कार्यालय प्रमुखलाई ज्ञापन पत्र बुझाएको हो ।

व्यावसायीहरुलाई सरकारले प्रोत्साहन दिनु पर्ने ठाउँमा उल्टै बोझ थपिदिएकाले यस्तो नीति फिर्ता लिनु पर्ने नेपाल कपडा तथा सिलाई व्यावसायी संघ उदयपुरका अध्यक्ष ज्ञानु प्रधानले बताइन् । साना तथा मझौला व्यावसायीहरुलाई यो नीतिले ठुलो बोझ बोकाएकाले नीति लागु गर्न नहुने उनले बताईन् ।

सरकारले ल्याएको नीतिको ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाएको अध्यक्ष प्रधानले बताईन् । सम्बन्धित निकाय सम्म व्यावसायीको आवाज पु¥याउनका लागि ज्ञापन पत्र बुझाएको उनले बताईन् ।