
उदयपुर, बैशाख ११ गते ।
उदयपुरको सिवाईमा आज ५ महिलासहित ५८ जनाको स्वाप नमुना संकलन भएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्री जीवन घिमिरेसहित खटिएको प्रदेश स्वास्थ्यकर्मीटोलीले चौदण्डीनगरपालिको वडा नं. ५ सिवाईमा स्वाव नुमना संकलन गरेको हो ।
त्रियुगा नगरपालिकाको भुल्केमा पत्ता लागेका संक्रमित भारतीय मुस्लिम गुरुहरु उक्त ठाउँको मस्जिदमा पनि बसेकाले त्यहाँको स्वाव संकलन गरिएको हो । पालिकाको वडा नं. ५ को तीनटोल र वडा नं. ९ को एकटोलमा रहेका मुस्लिम समुदायका संकास्पद ब्यक्तिहरु र उनीहरुको सम्पर्कमा रहेका अन्य समुदायका मानिसहरुको स्वाव संकलन गरिएको मेयर खगेन्द्र राईले बताउनुभो । वडा नं. ५ सिवाईको रामजानकीटोल, टोकनीटोल अजगरा, बडेरुवाटोल सुन्दरपुर र वडा नं. ९ को पूर्वटोल ज्यामिरे कदमगाछीका संकास्पद मुस्लिम समुदायका मानिसहरुको स्वाव संकलन गरिएको हो । चिया पसल, किराना पसल र अन्य व्यवहारिक हिसावले उनीहरुसंग सम्पर्कमा रहेका अन्य समुदायका मानिसहरुको पनि स्वाव संकलन गरिएको हो ।
चौदण्डीमा पहिलोचरणमा संकलन गरिएको स्वाव परिक्षणको रिपोर्टको आधारमा थप कदम अगाडी बढाइने मेयर राईले बताउनुभयो । हिजोसम्ममा भुल्केमा १८ जनाको कोरोना संक्रमण पुष्टि भइसकेको छ । संक्रमित फेला परिसकेपछि उदयपुरलाई विशेष संक्रमित क्षेत्रको रुपमा हेरेर पहिलोचरणमा मुस्लिम समुदायको वस्तिहरुमा स्वाव नमुना संकलन र परिक्षणको काम भइरहेको छ ।
यस कामलाई प्रभावकारी ढंगले अगाडी बढाउने र रिपोर्टको आधारमा अन्य समुदायमा सरेको हुनसक्ने कुरालाई मध्येनजर गर्दै परिक्षणको दायरालाई अगाडी बढाउने प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो ।

