
सिंगम् राई
उदयपुर, कात्तिक ८ गते ।
गुम्नाममा रहेको तर छुट्टै पहिचान बोकेको उदयपुरका सुकेपोखरीको विकासका लागि स्थानीय तहले चासो देखाएको छ । रौतामाई गाउँपालिका–५ मा अवस्थित सुकेपोखरी विकासको लागि वडाले पोखरीसम्म सडक पु¥याउने उद्देश्यले बजेट विनियोजन गरको हो ।
पोखरीसम्म सडक पु¥याउनका लागि वडाले ५ लाख बजेट छुट्याएको छ भने पालिकाले २ लाख बजेट विनियोजन गरेको छ । करिब एक किलो मिटर लम्बाई र कबिर ६ सय मिटर चौडाई करिब एक सय मिटर गहिराई भएको पोखरीको विकासका लागि कसैले चासो दिएको छैन ।
लोक सेवाले साउन ४ गते लिएको स्थानीय तहको परिक्षामा सोधेपछि केहि मानिसमा चासोको विषय बनेको छ । करिब एक दशक अगाडी नै पोखरीको लागि सडक निर्माणको योजना परेपनि विभिन्न विवादले अनेत्र गएपछि पोखरी अझै ओझेलमा परेको स्थानियबासीहरुले बताएका छन् ।
विकासको पहिलो आधार सडक पु¥याउने लक्ष्यमा साथ वडाले बजेट विनियोजन गरेको छ । पोखरीमा पहिला सडक पु¥याउने, त्यसपछि क्रममागत रुपले पूर्वधारहरुको विकाससँगै पोखरीको विकास गर्ने उद्देश्य लिएको रौतामाई गाउँपालिका– ५ का वडाध्यक्ष पाण्डव राईले बताए । उने भने “पहिलो विशेषता विजुली बत्तिलाई दिएकाले सवै क्षेत्रको क्रमसँग विकास गर्दै लैजान्छौँ” ।
प्राकृतिक सौदर्यताले भरिपूर्ण भएपनि पोखरीको संरक्षण तथा प्रवद्र्धन हुन नसक्दा धेरै कसैले नचिनेको वडाध्यक्ष राईले बताए । सडकको सुविधा पु¥याएपछि पाखरी अवलोकन गर्न आउने मानिसहरुलाई सहज हुने भएकाले यसको विकासमा ठूलो टेवा पुग्ने छ । आवत जावतमा सहज भएपछि अन्य कुराको छिटो निर्माण र विकास गर्न सकिने उनले बताए ।
चार भञ्ज्याङ र चार थुम (डाँडाको चुच्चो) रहेको पोखरीमा पानी जम्दैन । पोखरीमा पानी नजमेकै कारण यसको नाम पनि सुकेपोखरी हुन पुगेको स्थानीयबासीहरुले ताएका छन् । उत्तर, दक्षिण, पूर्वको थुम्का केहि होचो भएपनि पश्चिम तर्फको थुम्का भ्यू प्वाईन्ट नै रहेको स्थानीयबासी सिताराम राईले बताए ।
पोखरीको पश्चिमी डाँडा एक भ्यू प्वाईन्ट पनि हो । गोरुको जुरु जस्तो आकारको डाँडा भएकाले नाम नै गोरुजुरे हुने पुगेको स्थानीय बुढापाकाहरुले बताउँछन् । उक्त डाँडाबाट खाली आँखाले नै उत्तरको ८ हजार भन्दा अग्ला विश्व कहलाएका करिब ५ वटा हिमाल र विभिन्न हिमशृङ्खला देख्न सकिन्छ ।
८ हजार भन्दा अग्ला सगरमाथा, लोत्से, चो ओयु, मकालु, कन्चन्जंघा लगायतका हिमशुङ्खला खालि आँखाले प्रत्यक्ष नियाल्न सकिन्छ । त्यस्तै दक्षिणमा रहेको समथर तराईको फाँटदेखि भारतका उत्तर प्रदेशसम्म अवलोकन गर्न सकिने स्थानीय राईले बताए । सम्बन्धित निकायले चासो नदिदा पोखरी ओझेलमा परेको छ । पोखरीबाट उत्तरको हिमाल र दक्षिणको समथर तराईका फाँटहरु खुल्ला आँखाले प्रत्यक्ष अवलोकन गर्न सकिने उनले बताए ।
जिल्लाका उच्च अग्ला डाँडाहरुबाट देख्न सकिने हिमाल र हिमशृङ्खलाहरु पोखरीको चारै थुम्काबाट देख्न सकिन्छ । पर्यटकिय क्षेत्रको प्रचुर सम्भावना बोकेको भएपनि स्थानीय र सम्बनिधत निकायको ध्यान नजाँदा गुम्नाममा परेको स्थानीयबासीहरु बताउँछन् ।
पोखरीको उत्तर पश्चिम भञ्ज्याङ्को एक ढुङ्गामा विभिन्न जिव जन्तुका पाईलाको आकृति समेत रहेको छ । पोखरीको चार थुम्कालाई भ्यू टावरको ठाउँमा भ्यू प्वाईन्टको रुपमा विकास गर्न सकिन्छ । त्यस वरिपरिको क्षेत्रलाई चियाको खेति गर्न सकिने प्रचुर सम्भावना छ ।
