
खोटाङ, जेष्ठ २१ गते ।
खोटाङको राम्चे भिरमा सुख्खा पहिरो जादा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएको छ । केपिलासगढी गाउँपालिका–६ राम्चे भिरमा गएको सुख्खा पहिरोका ढुङ्गाले एकको मृत्य एक जना गम्भिर घाईते भएको हो ।
विहान ८ बजे गएको पहिरोले मिल जादै गरेको उक्त स्थानका स्थानिय ६० वर्षीय चन्द्र विकको ढुङ्गाले लागेर घटनास्थलमै मृत्यु भएको छ भने सँगै गएका २५ वर्षीय मनकुमार तामाङ गम्भिर घाईते भएको प्रहरीले जनाएको छ ।
गम्भिर घाईते भएको तामाङलाई स्थानिय स्वास्थ्य चौकी दिप्सुङमा प्राथमिक उपचार गरि थप उपचारको लागि हेलिकोप्टरबाट काठमाण्डौ लगिएको प्रहरीले जनाएको छ ।
मृतकको शव पोष्टर्माटमका लागि जिल्ला अस्पताल खोटाङ लगिएको जिल्ला प्रहरी कार्यालय खाटाङले जनाएको छ ।