आइतवार, भदौ २३, २०८१
Sunday, September 8, 2024

सुत्दा घुर्ने कारण

मानिस सुत्दा घुर्न अक्सिजनको कमीले गर्दा श्वास नलीमा अवरोध भई घ्यार घ्यार आवाज आउने गर्दछ । घुर्ने समस्याले गर्दा आफन्त जन र छरछिकीबाटै टाढिनु पर्ने, झगडा नै हुने, साथीभाईले जिस्क्याउने जस्ता समस्याहरु आउँछ ।

१. कुनै बच्चा जन्मँदै नाक र घाँटीमा आउने समस्याले गर्दा श्वास फेर्न गाह्रो भई घ्यारघ्यार हुने र सुतेको बेलामा घुर्नेहुन्छ ।

२. कतिपय बालबच्चालाई ३ देखि ७ वर्ष उमेरमा टन्सिल एडिन्यन्सबढ्ने हुनाले घुर्नेसमस्या हुन्छ ।

३. एजियो फाइब्रोमा ट्युमरले गर्दा पनि घुर्ने समस्या हुन्छ । यो विषेश गरी केटामा बढी हुने गर्दछ ।

४. बढी बच्चामा हुने मिलानो नामक ट्युमरले पनि घुर्ने समस्या हुन्छ । यो नाकमा आउने ट्युमर हो ।

५. बच्चामा भएको टन्सिल एडिन्यन्स बढ्ने हुनाले युवामा पनि घुर्ने समस्या हुन्छ ।

६. नाकको वरिपरिको भागमा आउने पोलिप्स टिस्युहरुले गर्दा घुर्ने समस्या हुन्छ ।

७. वृद्ध अवस्थामा क्यान्सर जन्य ट्युमर र जिब्रो मोटो हुदा घुर्ने समस्या हुन सक्छ ।

८. मानिसको जिब्रो पछाडिको नशा फुल्दा श्वासमा अवरोध भई घुर्ने समस्या आउँने गर्दछ ।

९.जिब्रोको ¥याल उत्पादन हुने ग्रन्थीहरुमा ट्युमर आएमा पनि घुर्ने समस्या हुन्छ ।

१०. बुढापाकाहरुको जिब्रो नरम भई सुतेको बेलामा जिब्रो दोब्रिने गर्दा घुर्ने समस्या आउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0