Tuesday, July 7News That Matters

सुदन किराती पर्यटनमन्त्रीमा नियुक्त

पूर्णपुष्टि,माघ ३ । नेकपा माओवादी केन्द्रको तर्फबाट युवा नेता सुदन किराती संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रीमा नियुक्त भएका छन् । पर्यटन मन्त्री बनेका किराती माओवादी केन्द्रको सांसद हुन् ।

भोजपुरबाट सांसदमा निर्वाचित किराँतीले प्रदेश नं. १ का मुख्यमन्त्री भइसकेका एमाले नेता शेरधन राईलाई २३८५ मतान्तरले पराजित गर्दै विजयी भएको थिए । किराती भोजपुरबाट तेस्रो पटक सांसद जितेका हुन् । किराती माओवादी जनयुद्धमा सहभागी थिए भने झण्डै १ वर्ष जेल पनि परेका थिए ।