
उदयपुर, जेष्ठ २६ गते ।
खोटाङ हलेसीका एक बालकको सनुकोशी नदिले बगाएर मृत्यु भएको छ ।
तुवाचुङ नगरपालिका– ३ निबासी १२ वर्षीय विजय राईलाई शनिबार नदिले बगउदा मृत्यु भएको हो ।
उदयपुरको खुमम्लटार स्थिता आफन्तकोमा आएकार घर फर्कने क्रममा नदिले बगाएरको प्रहरीले जनाएको छ । खोटाङ र उदयपुरको सिमाना पर्ने नदी तर्ने क्रममा बालकलाई बगाएको प्रहरीले जनाएको छ ।
बकालकलाई विहान किरब ९ बजे नदीले बगाएर बेपत्ता भएको थियो । प्रहरी चौकी रुपाटारका प्रहरी टोली र स्थानियको खोजतालासले दिउँसो करिब ४ बजे घटना स्थलदेखि केहि तल मृत अवस्थामा बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।