
पूर्णपुष्टि, फागुन २०
आज सुनको भाउ घटेको छ । सुन तोलामा ५ सय रुपैयाँले घटेर तोलाको ८६ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा ३० रुपैयाँले घटेर १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
