
पूर्णपुष्टि, असार ३०
आज सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेको छ । सुन तोलमा १ सय रुपैयाँले घटेर तोलाको ९२ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको भाउ घटे पनि चाँदीको भाउ बढेको छ । चाँदी आज तोलामा ५ रुपैयाँ बढेर तोलाको ९ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
