
माघ ९ गते ।
आज सुन चाँदीको भाउ बढेको छ । सुन तोलाको २ सय रुपैयाँले बढेर ७५ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो बुधबार ५ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ७४ हजार ८ सय रुपैयाँ थियो । चाँदी आज तोलामा ५ रुपैयाँ बढेर तोलाको ८ सय ८५ रुपैयाँमा कारोबार भैरहेको संघले जनाएको छ ।
