Monday, April 27News That Matters

सुनको भाउ लाख पुग्यो

पूर्णपुष्टि, साउन २०

सुनको भाउ बढेर लाखको नजिक पुगेको छ । आज सुन तोलाको २ सय रुपैयाँले बढेर तोलाको ९९ हजार ८ सय रुपैयाँ पुगेको हो ।

आज सुनको भाउ बढेर अहिलेसम्मकै महंगो भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै चाँदीको भाउ भने आज पनि घटबढ भएको छैन । चाँदी आज पनि तोलाको १२ सय ३० रुपैयाँमा नै कारोबार भइरहेको छ ।