
दर्शक, स्रोताको अझै धेरै माया र साथ, सहयोगको अपेक्षा
पूर्णपुष्टि/उदयपुर, असार ३१
सुरुदेखि नै दर्शक र स्रोताको अपार माया पाएर भिजन आईडल २ को सिढि उक्लदै गरेका सुनशेर राई टप टेनमा पुग्न सफल भएका छन् । असार २८ गतेको टप–सिक्सटिनको प्रतिष्पर्धामा सफल भई उनी टप टेनमा पुगेका हुन् । उत्कृष्ट गायन प्रस्तुत गर्दै निर्णायकको मन जितिरहेका उनलाई दर्शक स्रोताको भोटले अगाडी बढाएको हो ।
कडा मेहनतका साथ प्रतिष्पर्धामा उत्रिरहेका उनले विभिन्न गीतहरु प्रस्तुत गरेका थिए । आईडल बनेर सांगीतिक क्षेत्रमा केही गरौं भन्ने धोको बोकेका उनलाई अवका दिनमा अझ धेरै दर्शक स्रोताको माया, साथ, सहयोगको खाँचो रहेको भन्दै भोट गरिदिन अनुरोध गरेका छन् ।
उनलाई भोट गर्न नेपाल टेलिकमको नमस्ते वा स्काई मोवाईलबाट भीएफएम एक स्पेश ५२ टाईप गरी तीन सातसात नौंनौंमा सेन्ड गर्न सकिन्छ ।
उदयपुरको लिम्चुङबुङ गाउँपालिका वडा नं. ४ का उनी सानैदेखि गायन र अभिनयमा रुची राख्थे र साना ठूला प्रस्तुतीहरु दिइरहन्थे ।
बाल क्लव सञ्चाल उदयपुरका जिल्ला सचिव रहेर सामाजिक काम र अभियानहरुमा पनि सक्रिय उनले ओखलढुंगा भिजनद्वारा आयोजित आइडल २ लाई आप्mनो प्रतिभा पस्कने सुनौलो अवसरको रुपमा लिएका छन् । आइडलको फाईनल राउण्ड साउन २ गते हुने आयोजकले जनाएको छ ।