
पूर्णपुष्टि,वैशाख ८
सुनसरीको इनरुवा–४ स्टार होटल अगाडिबाट नक्कली नोटसहित तीनजना पक्राउ परेका छन् । चार लाख १५ हजार रुपैयाँ नक्कली नोटसहित तीन जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१९ का ६६ वर्षीय टेकबहादुर तामाङ, हरिनगर गाउँपालिका–२ का २४ वर्षीय नजिम साफी र धरान–१७ का महेन्द्र तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
उनीहरूको साथबाट प्रहरीले एक हजार दरले ४१५ थान नक्कली नोट बरामद भएको छ ।
पक्राउ परेका तीनै जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ को मुद्दा सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान थालिएको प्रहरीेले जनाएको छ ।

