
पुर्णपुष्टि, भदौ ८
सुनसरी प्रहरीले बराहक्षेत्र नगरपालिका–८ शुक्रवारेबाट हिजो साँझ साढे ६ बजे एक जना लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ । भारत सुपौल थाना बिरपुर बनेलीपट्टी–३ का २५ वर्षीय रुद्रनारायण कुमार यादव पक्राउ परेको हो ।
६ गते ब्राउन सुगरसहित पक्राउ परेका मानिसहरुले दिएको सुचनाको आधारमा यादवलाई ब्राउन सुगर ५२ ग्राम र उनले प्रयोग गरेको बिआर.५० के ०३८६ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाईकलसहित पक्राउ गरिएको थियो ।
यादवलाई सोधपुछ गर्दा यस अघीनै पक्राउ परेका पुरुषोतम मेहताको घरमा थप ब्राउन सुगर लुकाई राखेको छ भनि खुलाई दिए पश्चात प्रहरी गई मेहताको घरमा खानतलासी लिदा थप १७ ग्राम ब्राउन सुगर बरामद भएको छ । यादवलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
