Saturday, June 27News That Matters

सुन चाँदीको भाउ केही दिनदेखी निरन्तर ओरालो लाग्दै, कति पुग्यो आज सुनको मूल्य ?

पूर्णपुष्टि, असार ६

सुन चाँदीको भाउ केही दिनदेखी निरन्तर ओरालोे लागेको छ । सुन चाँदीको भाउमा आज पनि भारी गिरावट भएको छ । आइतबार सुनको मूल्य तोलामा आठ सय रुपैयाँले घटेको छ । शुक्रबार तोलामा ९० हजार आठ सय रुपैयाँमा कारोबार भएको सुन आज आठ सयले घटेर ९० हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ बिहीबार तोलामा एक हजार एक सय रुपैयाँले घटेर तोलाको ९२ हजार रुपैयाँमा झरेको थियो । त्यस्तै गएको बुधबार सुन तोलाको ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउमा पनि गिरावट आएको छ । चाँदी तोलामा १५ रुपैयाँले घटेको छ । शक्रबार तोलाको १३ सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी आज १२ सय ९० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।