Wednesday, May 6News That Matters

सुपरहिरो फिल्ममा प्रियंका

भदौ ६ गते ।

पछिल्लो समयमा आएर एउटा ट्वीटले गर्दा पाकिस्तानी नेताहरुको तारो अभिनेत्री प्रियंका चोपडाले एउटा ठुलो हलिउड प्रोजेक्ट पाएकी छिन् ।

रोबर्ट रोड्रिगेजले निर्देशन गर्ने ‘वी क्यान बी हीरोज’ मा प्रियंकाले मुख्य भूमिका निर्वाह गर्ने भएकी हुने । जुन डिजिटल प्लटेर्फम नेटफ्लिक्सका लागि निर्माण गरिदैछ । ‘वी क्यान बी हीरोज’ एउटा बालबालिकाहरुको सुपरहिरो फिल्म हो ।

ड्वेन जोनसनसंग ‘बेवाच’ मार्फत हलिउडमा डेब्यू गरेकी प्रियंकाले ‘अ किड लाइक ज्याक’ तथा ‘इज इन्ट इट रोमान्टिक’ मा अभिनय गरिसकेकी छिन् ।

प्रियंकाको पछिल्लो फिल्म ‘जय गंगाजल’ हो, त्यसमा प्रियंकाले प्रहरी अधिकृतको महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । प्रियंकालाई युद्धको समर्थन गरेको आरोप लगाउँदै पाकिस्तानी मन्त्री शिरीन माजरीले संयुक्त राष्ट्र संघको शान्तिका लागि सद्भाव दूतको पदबाट हटाउने माग गरिरहेको छ ।