
भदौ ४ गते ।
ब्राजिलको रिओ दि जेनेरोमा एक यात्रुवाहक बस अपहरण गर्ने व्यक्तिका सुरक्षा बारबारीमा मृत्य भएको जनाईएको छ । तीन घण्टादेखि बसलाई कब्जामा लिने व्यक्तिलाई मारिदिएको सेना प्रहरीले जनाएको हो ।
प्रहरीले ट्विटरमा एकजना निसानेबाजले बस अपहरणकर्तालाई मारिदिएपछि बन्धक बनाइएका व्यक्तिहरू रिहा भएको जनाएको छ ।
अपहरणकारीले बसको ढोका छेउमा एकजना बन्धकको टाउकोमा हतियार तेर्साएर उभिएको अवस्थामा निसानेबाजले गोली चलाएको स्थानीय सैनिक प्रहरीका एकजना प्रवक्ताले जनाएको छ ।
अपहरणकारीले प्रयोग गरेको बन्दुक नक्कली भएको खुलेको छ । यस अघि नै बसका ६ जना यात्रुहरू रिहा भईसकेका थिए । रिओलाई अर्को शहर नितेरोइसँग जोड्ने पुलको बीचमा बस रोकिएको थियो ।
