
मिरा विक / प्रशिक्षार्थी पत्रकार
ताम्लिछा, असार १६ गते ।
लिम्चुङ्बुङको ताम्लिछामा विद्यालयको तीन कोठे भवन मर्मत भएको छ । लिम्चुङ्बुङ गाउँपालिका – २ को पूर्वआधारभुत विद्यालय ताम्लिछा डाँडागाउँका भवन तथा खेल मैदान निर्माण र घेराबेरा निर्माण भएको हो ।
चालु आर्थीक वर्षमा पालिकाले १० लाख बजेट विद्यालयको लागि विनियोजन गरेको थियो । यस बजेटबाट तीन वटा कक्षा कोठाको मर्मत भई सकेको छ भने खेल मैदान र घेराबेरा निर्माण कार्य भईरहेको विद्यालयका प्रधानध्यापन लालबहादुर विकले बताए ।
भवन र्मर्मत पश्चात व्यावस्थित पठनपाठन गर्न सकिने र खेलमैदान तथा घेराबेरा बनेपछि विद्यालय समय भित्र विद्यार्थीहरु सडक दुर्घटनाबाट जोगीने भएकाले प्रअ विकले बताए ।
वैशाख २६ गतेबाट सुरु भएको विद्यालयका काम असार मसान्त सम्ममा सवै पुरा गरिसक्ने विद्यालय व्यावस्थापन समितिको अध्याक्ष तेजबहादुर मगरले बताए । विद्यालयलाई व्यावस्थीत बनाई गुणस्तरिय शिक्षा प्रदान गर्नका लागि भावन मर्मत गरिएको अध्यक्ष मगले बताए ।
सुरक्षीत पठनपाठनको लागि भवनको मर्मत गरिएको हो । विद्यार्थीलाई खेलकुद अनिवार्य भएकाले खेल मैदानको समेत निर्माण गरिएको छ । विद्यालय समयमा बाहिरको घटना हुन नदिनको लागि घेराबेरा निर्र्माण गरिएको अध्यक्ष मगरले बताए ।