Sunday, June 28News That Matters

सुरुङमा पुरिएर २ जना मजदुरको मृत्यु

ताप्लेजुङ, फागुन–२२

ताप्लेजुङ मिक्वाखोला गाऊपालिका–२ स्थित सानिमा हाईड्रोपावरको सुरुङमार्ग खन्ने क्रममा ढुंगा र माटोले पुरिएर २ जना मजदुरको मृत्यु भएको छ ।

भोजपुर ओख्रेसावु निबासी २८ बर्षीय सन्तोष बानिया र उदयपुर पोखरी निबासी २२ बर्षीय अम्बरबहादुर कामी रहेको पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज दिउसो ३ बजे काम गरिएको अबस्थामा माथीबाट ढुंगा र माटोले किचेर उनिहरुको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।