उदयपुर, पुस १६ गते ।
अत्याधुनिक सुविधा सम्पन्न नेत्र ज्योति अस्पतालको भवन एक कारोड ८० लाखमा सम्पन्न हुने भएको छ ।
उदयपुरमा निर्माराधीन सुविधा सम्पन्न नेत्र ज्योती अस्पताल तीन तले भवन एक कारोड ८० लाखमा सम्पन्न हुने भएको हो ।
करिब कुल लागत एक करोड ८० लाखमा निर्माणराधीन भवनको निर्माण कार्य सम्पन गर्न सकिने नेपाल नेत्र ज्योति संघ उदयपुरका सभापती भागवत राउतले बताए ।
उक्त रकम मध्ये जग देखि पहिलो तला सम्म तत्कालिन माननिय ससभासद मन्जुकुमारी चौधरीको निर्वाचन पूर्वाधार विकास कार्यक्रामबाट ४० लाखले बनेको र दोस्रो तला नेपाल सरकारबाट प्रदान भएको ५० लाखले निर्माण कार्य भई सकेको र तेस्रो तला र पूर्वधारको लागि पुस १३ गते जापनिज राजदुतावास सँग करिब ९० लाख नेपाली रपैया भवन निर्माणको लागि सहयोग गर्ने सम्झौता भएको राउतले बताए ।
उक्त सम्झौतामा नेपाल नेत्र ज्योति संघ उदयपुरका सभापती भागवत राउत र जानिज राजदुता वासको तर्फबाट महामहिम राजदुत मासामिची साईगाले सम्झौता पत्रमा हस्ताक्षर गरि सम्झौगा गरेको राउतले बताए ।
जापानको सहयोग पश्चात आँखाको अप्रेशन गर्ने गरि पूर्वधारको पूर्ण रुपमा तयारी हुने र अवको एक वर्ष भित्रमा अस्पतालबाट अपरेसन सहितको सेवा प्रवाह गर्ने लक्ष्य लिएको राउतले बताए ।
अस्पताल शारीरिक रुपमा अशक्त व्यक्ति, महिला र बालबालिका मैत्री बन्ने राउतले बताए । शारिरीक अशक्त, महिला र बालबालिकाको लागि छिुट्टा छुट्टै सेवा प्रदान गर्ने र भवनमा अत्याधुकि मैसिनहरुको प्रयोग गरि जलविन्दु, मोतिबिन्दु जस्ता आँखाको अप्रेसन समेत गर्ने राउतले बताए ।
नेपाल नेत्र ज्याती संघको व्यावस्थापन र सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा २०६५ साल देखि आँखा उपचार केन्द्रको रुपमा भाडामा घरलिएर सेवा दिदै आएको छ । आँखा केन्द्रमा अहिले सम्म एक लाख २६ हजार ८ सय ३२ जना आँखाको विरामीहरुले सेवा पाएको केन्द्रले जनाएको छ ।
उक्त अस्पतालमा अहिले सम्म आउन मदनभण्डारी राजमार्ग देखि मात्रै बाटो भएकोले अलिक घुमाउरो हुने भएकोले त्रियुगा नगरपालिका सँग समन्वयन गरि सगरमाथा राजमार्गबाट छोटो दुरी पर्ने भएकोले सडक जोड्न पहल गर्ने र सवै पक्षले पनि सहयोग गरिदिनु अनुरोध समेत राउतले गरेको छ ।
निर्माणराधिन भवनको लागत तथा विवरण र सेवाको बारेमा एक पत्रकार भेटघाट कार्यक्रम गरि सार्वजनिक गरेको थियो ।