Tuesday, April 21News That Matters

सेतीमा डुबेर १ जनाको मृत्यु

पूर्णपुष्टि, चैत २१ 

सेती नदीमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

डोटीको शिखर नगरपालिका–२ कालागाडको सालमुनीमा पूजा गर्न गएका दार्चुलाको मालिकार्जुन घर भई सेती प्राविधिक शिक्षालय दिपायलमा सिभिल इन्जिनियरिङ अध्ययनरत १७ वर्षीय दीपेन्द्र सिंह धामीको सेतीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

नुहाउनका लागि नदीमा पसेका धामी डुबेको थाहा पाएपछि स्थानीय युवाहरुले खोजी गरेर शव निकालेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।