
रिना चामलिङ राई
(प्लेन दुर्घटनामा ज्यान गुमाएका चिकित्सकरुको स्मृतिमा…)
जिवित हुदा सेतो कोट भित्र डाक्टर साब थियौ । स्वर्गबाँस हुँदा सेतै कोटभित्र मृत्यु बर्णन गर्यौं । सेतोलाई जहिले स्वच्छ, निश्चल अनि पबित्र प्रतीक भनेर मान्ने गरिन्छ तर, सधै सेतो बस्तु कहाँ निस्चल र पबित्र हुदोरहेछ र ? सेतो कोटमा पनि त कालो रङ्गहरु लत्त्पतिदो रहेछ । सेतो कोटमा अस्ताए तिम्रा श्वासहरु । सेतो कोटले कालो दिन छरेर गए तिम्रा ती सपनाहरू । सदाको लागि सेतै कोटमा सजिएर गयौं ।
तिम्रो अन्तिम स्वास फेर्न आफ्नो मातृभुमीमा पाईला त टेक्यौ तर, अन्तिम पाईला टेकेउ । तिमी भाग्यमानी । कम्तीमा आफ्नै मातृभुमिमा अन्तिम श्वास ल्याईपुर्यायौं । तिम्रा ति मिठो अनि शुन्दर सपनाहरू मधेसको बिघा अनि कट्ठा जमिन र बैंकको धितोसँग साटेको थियौ । बाबा र आमाको त्याग बलिदानी पसिनाको मुल्यसँग सेतो कोट अनि सिरिन्ज र आलाको लडाइ जितेको थियौ तर, पल भरमा खरानी भए कालो मुस्लो धुँवा सग नेपथ्यमा हराए ।
कालो दाग त पखाल्न सकिन्थ्यो होला तर कालो भित्री चोट पखाल्न सकिन्न । कहिले नफर्किने गरि बाटो मोडेर गयौं ।
आमाको बिछिप्त रुवाई, बाबाको बिछिप्त मन, आफ्न्तका चिच्याहटलाई तिम्रो शरीरको एक टुक्राले पनि चिहाउन पाएन । महसुस गर्न नियाल्न पाएन । देशले आज तिमीलाई गुमायो नेपाली जनताले गुमाए । दिन र रात मृत्युसँग पौठेजोरी खेलिरहेका मृत्युको शैयाबाट अन्तिम स्वास छोडिरहेका खुट्टा नहुनेहरुको बैसाखि बनिदिन लागि तिमी भगवान बनेर भित्रीन्दै थियौ तर निर्दयी भगवान तिमी कति निस्टुरी बन्न सक्यौं । हामीदेखि यी भगवानहरु खोसेर आफ्नो पासमा राख्यौ । देश र नेपाली जनताले होनाहार बास्तबिक भगवानहरु गुमाए ।
मन दुखेको छ बिछिप्त भएको छ तनहरु । देशमा राराष्ट्रपति फेरिन्छ्न । प्रधानमन्त्री फेरिन्छन । सम्पूर्ण विषयका मन्त्रीहरु फेरिरहन्छ्न । तर आफ्नै देशमा बसेर ठुलो लगानीमा पढने बाताबरण फेर्न सकेनन। आज यसरी अर्काको देशले उत्पादन गरेको जनशक्ति आफ्नो देशमा सेवा गर्छु भनेर छाती ठोकेर आउदासमेत सेवा गर्न पाएनन । कसलाई घाटा लाग्यो ? आफ्नै देश र नेपाली जनतालाई घाटा लाग्यो । आशा छ। भोलि देशको राजनीतिक परिवर्तनले मन्त्री फेरे झै शिक्षाका हरेक विषयमा आमूल परिवर्तन गरोस ताकी नेपाली जनताका छोराछोरीले अर्काको देशमा गएर शिक्षा ग्रहण गर्नु नपरोस । आफ्नै देशमा राम्रो लगानी गरेर आफ्नै देशलाई शिघ्र तिब्र उपचार गर्ने बाताबरण मिलोस् । मृत्युबरण गर्नु हुने सम्पूर्णलाई हार्दिक श्रद्धाञ्जली । घाइते मानुभाबहरुमा शिघ्र स्वास्थ्य लाभको कामना ।
Chamling Rai Reenu
हाल :-सिरहा
२०७४/११/२९