Monday, February 17News That Matters

सेमी फाईनलको पहिलो चरणको खेलमा दर्शक घट्यो

 

उदयपुर/असार, ४

उदयपुरमा जारी रमपम उदयपुर गोल्डकपको सेमिफाईनलको खेलमा दर्शको चाप न्युन रहेको आयोजकले जनाएको छ ।

हिजो सम्म भएको नकआउट खेलको अन्तिम खेलका टिम संकटा र रुपन्देहीको खेल हेर्ने दर्शको चाप भने उच्च रहेको आयोजकले जनाए ।

मूलआयोजक समितिका कोषाध्यक्ष ज्ञानेन्द्र मगरका अनुसार हिजोको ख्याती प्राप्त टिम भएको कारणले पनि दर्शकले बढ्दो उपस्थिति जनाएको बताएको छ । आज खेल भन्दा अगाडी नै परेको पानीका कारण पनि दर्शकले खेल हेर्न नसकेको मगरको भनाई छ ।

हिजो झण्डै २ हजारको हाराहारीमा भएको दर्शक आज भने १५ सयको हाराहारीमा मात्र सहभागी रहेको आयोजकको अनुमान छ ।

यस्तै गरी हिजो साधारण टिकट मात्रै ८५० पिस बिक्रि गरेको थियो भने, आज ६ सय पिस मात्र बिक्रि गरिएको छ ।

भोली हुने सेमिफाईनलको अन्तिम चरणको खेलमा ३५ सय हाराहारीमा दर्शक उपस्थित हुनेमा आयोजक ढुक्क रहेको छ भने १५ सय पिस टिकटको अपेक्षा गरेको कोषाध्यक्ष मगरले बताए ।