
उदयपुर, मंसिर २४ गते ।
नयाँ संरचना पछिको सरकारी सेवा प्रर्वाहको स्थितिको बारेमा उदयपुरमा छलफल कार्यक्रम भएको छ ।
जिल्ला प्रशासन कार्यालय उदयपुरको आयोजनामा वदलिएको संगठन संरचना र सेवा प्रर्वाहको स्थिति विषयक एक दिने छलफल कार्यक्रम भएको हो ।
कार्यक्रममा जिल्लाको सरकारी कार्यालय र स्थानीय तहका पालिकाहरुका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता रहेको थियो । राज्य संघीय शासन प्रणालीमा गई नयाँ संरचनामा रुपान्तरण भएपछि सरकारी सेवा प्रर्वाह कस्तो ढाँचाबाट प्रदान भईरहेको छ भन्ने विषयमा छलफल गरिएको हो ।
जिल्लाको विभिन्न कार्यालयहरु विभाजन भई स्थानीय तहमा गएको भएपनि जनताले के कस्तो सेवा पाएको छ, कसरी प्रदान गरिएको छ भन्ने बारेम विशेष छलफल गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले बताए ।