Friday, February 7News That Matters

सैनिक परेडमा क्षेप्यास्त्र आक्रमण

साउन १७ गते । 

यमनको एक सैनिक क्याम्पमा परेडमा रहेको सैनिकमाथि विद्रोही समुह हुथी समुदायबाट आक्रमण भएको छ । सैनिक परेडमाथि भएको क्षेप्यास्त्र आक्रमणमा करिब ३२ जना सैनिकको मृत्यु भएको हो ।

दक्षिण तटिय सहर एडनमा भईरहेको सैनिक परेड माथि क्षेप्यास्त्र र अर्को सशस्त्र ड्रोनको निशाना बनाएको विद्रोही समूहले संचालन गरेको टेलिभिजन च्यानलले जनाएको छ ।

निकै पहिले पनि उक्त शहरको एक प्रहरी कार्यालयमा आत्मघाघी बम हमलामा १० जना प्रहरीको ज्यान गएको थियो । यस दुवै आक्रमणबीच कुनै सम्बन्ध रहेको वा नरहेको भन्नेबारे प्रस्ट नभएको जनाईएको छ ।

उत्तरी एक हुथी विद्रोहीहरूको पकड यरिया क्षेत्रमा आक्रमण गर्न सरकारले परिचालन गरेको फौजको एक भाग रहेको दावी गरेको छ । तर सरकारले नयाँ भर्ना भएका सैनिकहरूको तालिम सम्पन्न भएको अवसरमा आयोजित कार्यक्रम भएको जनाएको छ ।

उक्त आक्रमणमा एकजना वरिष्ठ सैनिक कमाण्डर मारिएको छ । आक्रमणमा दर्जनौँ मानिसहरु घाईते भएको अन्तर्रा्ष्ट्रिय स्वास्थ्य संस्था एमएसएफले जनाएको छ ।

देशको पश्चिमी भुभागका ठूलो क्षेत्र विद्रोहीले नियन्त्रणमा लिनुका साथै राष्ट्रपतिलाई देश छाड्न बाध्य बनाएपछि सन् २०१५ देखि द्वन्द्व चर्केको थियो ।