Friday, February 7News That Matters

स्थानीय तहमा ४ लाख ४० हजारको आवेदन

असार १८ गते ।

लोकसेवा आयोगले स्थानीय तहको लागी खुलाईएका विज्ञापनमा चार लाख ४० हजार एक सय ६३ जनाले आवेदन दिएका छन् । स्थानिय तहमा रिक्त रहेका कर्मचारी पद पुर्ती गर्नका लागि जेठ १५ गते लोकसेवाले विभिन्न पदमा विज्ञापन खोलेको थियो ।

पाँच सय १५ वटा स्थानीय तहमा रक्त रहेका कर्मचारी पद पूर्तीका लागि विभिन्न पदमा लोकसेवाले करिब ९ हजारको संख्यामा विज्ञापन खुलाएको थियो ।

अत्याधिक मात्रामा समावेशी कोटामा आवेदन परेको लोकसेवा कार्यालयले जनाएको छ । जस मध्ये महिला तर्फ दुई लाख ९४ हजार पाँच सय ८० जना, आदीवासी जनजाती तर्फ एक लाख ३६ हजार एक सय ५३ जना, मधेशी तर्फ एक लाख दुई जार दुई सय ३६ जना, दलित तर्फ २१ हजार दुई सय २८ जनाले समावेशी कोटामा आवेदन दिएको लोकसेवा कार्यालयले जनाएको छ ।

लोक सेवा आयोगले खुलाएको विज्ञापनको आवेदन दर्ता गर्ने समयअवधि मंगलबारबाट सकिएको हो ।