Monday, April 20News That Matters

स्थानीय सरकारको सहयोगमा रेडियो सञ्चालन

आमचौक (भोजपुर), भदौ २३

स्थानीय सरकारको सहयोगबाट भोजपुरको विकट पश्चिमी पालिका आमचौक गाउँपालिकामा सामुदायिक रेडियो सञ्चालनमा  आएको छ । पालिकाबासीलाई सूचना सन्देश प्रवाहको भरपर्दो माध्यमको रुपमा चोमोलुङमा सामुदायिक रेडियो ९८.६ मेगाहर्ज सञ्चालनमा आएको हो ।

सामुदायिक रेडियोले सूचना र सुशासनको क्षेत्रमा टेवा पुर्याउने भन्दै पालिकाको समेत सहयोग प्राप्त भएपछि रेडियो सञ्चालनमा ल्याएको स्टेशन मेनेजर राजन समिप राईले बताए । खासगरी समुदायको आवाजलाई मुखरित गर्ने उद्देश्यले रेडियो सञ्चालनमा ल्याएको हो । सूचना र सञ्चारबाट बञ्चित पालिकाबासीलाई मध्येनजर गर्दै भोजपुर सदरमुकामबाट करिब तीन महिनाअघि रेडियो आमचौकमा ल्याई सञ्चालनमा ल्याएको हो ।

सामुदायिक रेडियोहरु समुदायको बन्न नसकिरहेको परिपेक्षमा समुदायकै आवाज बन्ने उद्देश्य राखेर रेडियो सञ्चालनमा ल्याएको स्टेशन मेनेजर राईले बताए । रेडियो विहान–बेलुका गरी दैनिक १२ घण्टा प्रशारण हुदैछ । समाचारमुलक, सूचनामुलक तथा मनोरञ्जनात्मक कार्यक्रमका साथ सूचना सन्देश प्रवाह गर्दै आएको रेडियो, अवका दिनमा थप प्रभावकारी कार्यक्रम सञ्चालनको तयारीमा छ ।