Friday, February 7News That Matters

स्थापना दिवसमा रक्तदान कार्यक्रम

उदयपुर, पुस २६ गते ।

उदयपुरमा एक लघुवित्त वित्तिय सस्थाले १८ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ ।

डिप्रोस लघुवित्त वित्तिय संस्था लिमिटेड, शाखा गाईघाटले संस्थाको १८ औं स्थापना दिवसको अवसर पारेर बिहिबार रक्तदान कार्यक्रम गरेको हो ।

रक्तदान –जीवन दान भन्ने नाराका साथ संस्थाले रगत अभावमा पर्ने विरामीको सहयोगका लागि रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । नेपाल रेडक्रस सोसाईटी उदयपुर र रक्त सञ्चार केन्द्र गाईघाटको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा विभिन्न व्यक्तिहरुले रक्तदान गरे ।

त्रियुगा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष रमेश रसाइलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विभिन्न वक्ताहरुले शुभकामना मन्तब्य राखेका थिए । त्रियुगा नगरपालिका ११ नं. वडाध्यक्ष विश्वराज भट्टराई लगायतका वक्ताहरुले संस्थाले रक्तदान जस्तो कार्यक्रम गरेर सामाजिक उत्तरदायित्व पुरा गर्ने काम गरेकोमा प्रशंसा गर्दै हुँदा खाने वर्गलाई ऋण प्रवाह गर्दा उनीहरुकै हितमा बढि ध्यानकेन्द्रित गर्न सुझाव राखेका थिए ।

सामाजिक उत्तरदायित्वसहितको आप्mना सेवाहरु प्रवाह गर्दै अगाडी बढ्ने संस्थाले प्रतिबद्धता जनाएको छ ।