
पूर्णपुष्टि/उदयपुर, माघ १४ गते ।
प्रथम उदयपुर स्पोर्ट कप गाउँ/नगरपालिका स्तरीय पुरुष भलिवल प्रतियोगिताको उपाधि आयोजक उदयपुर स्पोर्टस क्लबले चुमेको छ ।
फाईनल खेलमा बेलका नगरपालिकालाई पछि पार्दै स्पोर्ट क्लवले उपाधी हात पारेको हो । बेस्ट अफ फाईभमा २५-२३, २५-२१, २५-२३, २५-१९ र २५-१३ को सेटमा स्पोर्ट क्लवले जितेपछि बेलकाले दोस्रोस्थानमा चित्त बुझाउनुपरेको हो ।
|
जितसँगै विजेता समूह उदयपुर स्पोर्टस क्लवलले नगद ६५ हजार शिल्ड, मेडल, उपविजेता बेलकाले नगद ३५ हजार शिल्ड मेडल, र तेस्रो स्थान हासिल गर्ने ताप्लिले नगद २० हजार र मेडल प्राप्त गरेको छ ।
७ वटा टिम सहभागिता रहेको प्रतियोगितामा ताप्लि गाउँपालिकाले तेस्रो स्थान हाँसिल गरेको छ । ८ स्थानीय तह र १ आयोजक गरी ९ टिमले प्रतियोगितामा सहभागि जनाउने भनेपनि कटारी नगरपालिका र उदयुरगढी गाउँपालिकाले प्रतियोगितामा सहभागिता जनाएनन् ।