Monday, February 17News That Matters

स्वतन्त्र प्रेस विरोधी कानुन विरुद्ध धर्ना कार्यक्रम

उदयपुर, जेष्ठ ३ गते ।

 

नेपाल सरकारले ल्याउन लागेको प्रेस स्वतन्त्रता विरोधी कानुन विरुद्धमा देशैभरका पत्रकारहरु अन्दोलित भएका छन् ।

सरकारले ल्याउन लागेको प्रेस स्वतन्त्रता विरोधी मिडिया काउन्सिल विधेयको उदयपुरमा शुक्रबार पत्रकारहरुले धर्ना बसेर विरोध गरेका हुन् ।

विधेयकको विरोध गर्दै पत्रकारहरुले बुधबारदेखि हातमा कालो पट्टी बाँधेर काम गर्दै आएका थिए । पत्रकारहरुले आफ्नो क्यामेरा, डायरी, कलम लगायतका सामाग्री चौरीमा थुपारेर जिल्ला प्रशासन कार्यालय उदयपुर अगाडी एक घण्टा पत्रकार महासंघको नेतृत्वमा धर्ना बसेर विधेयको विरोध गरेको नेपाल पत्रकार महासंघ शाखा उदयपुरले जनाएको छ ।

निर्दयी रुपले प्रेस स्वतन्त्रता माथि सरकारले अङ्कुश लगाउन खोजिएकाले आन्दोल गर्न बाध्य भएको महासंघले जनाएको छ । स्वतन्त्र प्रेसलाई विभिन्न वहानामा अर्मयादित कानुन लाद्न खोजिएकाले आन्दोलन गर्न बाध्य भएको महासंघले जनाएको छ ।

सरकारले ल्याएको विधेयक तत्काल फिर्ता लिई स्वतन्त्रपूर्व पत्रकारहरुलाई पेसागत मर्यादित र व्यावस्थीत बनाउने खालको कानुनको निर्माण गर्नु पर्ने नेपाल पत्रकार महासंघ शाखा उदयपुरको अध्यक्ष भरत खड्काले बताए ।