
पूर्णपुष्टि/उदयपुर, असार २९
बैदेशिक रोजगारमा जान लर्को लाग्ने युवा शक्तिलाई उद्यमको माध्यमबाट नेपालमै रोक्ने वातावरण बनाइने १ नं. प्रदेश सरकारका उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री जगदिश कुसियतले बताउनु भएको छ ।
उदयपुरको गाईघटमा प्रदेश स्तरीय गरिवी निवारणका लागी उद्यम विकास अभिमुखकिरणलाई सम्बोधन गर्दै मन्त्री कुसियतले प्रदेश नं. १ लाई पर्यटकीय गन्तब्य बनाएरसमेत युवाहरुलाई स्वदेशमै रोजगार सिर्जना गर्न सकिने बताउनुभयो ।
१ नं. प्रदेश वन र पर्यटनको हिसावले धेरै सम्भावना बोकेको र स्थानीय स्रोत साधन पशस्त रहेकाले विभिन्न उद्योग धन्दाहरु खोल्न सकिने, लघु उद्यमको प्रवद्र्धन र साना उद्योगहरु खोलेर प्रशस्त रोजगार सिर्जना गर्न सकिने उहाँले बताउनुभयो । जसले सिंगो मुलुकलाई नै समृद्ध पार्न मद्दत गर्ने बताउनुभयो । उदयपुरमा प्रशस्त रमणीय पर्यटीय स्थल, धर्मीक स्थलहरु रहेकाले धार्मीक पर्यटनको विकासको सम्भावना पनि राम्रो रहेको बताउनुभयो ।
घरेलु तथा साना उद्योग विकास समिति प्रधान कार्यालय, काठमाण्डौको आयोजना भएको कार्यक्रमको औचित्य प्रकास पार्दै घरेलु तथा साना उद्योग विकास समितिका सह कार्यकारी निर्देशक सुरेन्द्र थापामगरले उद्यमीहरुले उत्पादन गरेको सामानको बाजार व्यवस्थान र राष्ट्रिय, आन्तराष्ट्रिय बजारमा प्रदर्शनीका लागि व्यवस्था मिलाइने बताउनुभयो ।
गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रमको औचित्य, महत्व र कार्यशैलीको सन्दर्भमा समीक्षा तथा छलफल भएको उक्त कार्यक्रम सान्दर्भिक र प्रभावकारी भएको दिन जिल्ला समन्वयन समिति उदयपुरको प्रमुख खड्ग परियारले बताउनुभयो । कार्यक्रममा प्रदेश अन्तर्गतका १४ वटै जिल्लाका घरेलु प्रमुख, उद्यमी, साझेदारी संस्थाका प्रतिनिधिहरुकाबीच तालिम, सीप, जनचेतना फैलाएर त्रियुगा नगरबाट केही वर्षभित्रमै गरिबी हटाउने मेयर बलदेव चौधरीले उद्घोष गर्नुभयो ।