Friday, May 22News That Matters

स्वास्थ्यचाैकी देउरी अब ‘किशोरकिशोरीमैत्री’

पूर्णपुष्टि, असार २४ ।

उदयपुरकाे त्रियुगा नगरपालिका अन्तर्गत देउरी स्वास्थ्य चाैकीलाइ किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था घाेषणा गरिएकाे छ । किशोरकिशोरीहरूको यौन तथा प्रजनन स्वास्थ्य सेवा सञ्चालन गर्दै अएको साे स्वास्थ्य चाैकीले मापदण्ड पुरा गरेकाले साेमबार किशाेरकिशाेरीमैत्री स्वास्थ्य संस्था घाेषणा गरिएकाे हाे ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका उपप्रमुख गंगा राइले किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था घाेषणा गर्नुभयाे । उहाँले समाज परिवर्तनका संवाहक जनसंख्याको महत्वपूर्ण संख्यामा रहेका किशोर किशोरीहरूको समग्र विकासका लागि स्वास्थ्य सेवा मैत्रीपूर्ण बनाउदै लैजानुपर्ने बताउनुभयाे । उहाँले स्वास्थ्य संस्थाका इन्चार्ज रेखा चैधरीलाइ प्रमाण पत्र हस्तान्तरण गर्नुभयाे ।

परिवार कल्याण महासाखा, स्वास्थ्य कार्यालय उदयपुर र स्थानीय तहको प्रतिनिधिहरूले गुणस्तर अभिवृध्दी तथा प्रमाणिकरणका अधारमा अनुगमन गर्दा  सेवा उपलब्ध गराउन योग्य देखिएकोले प्रमाणिकरण गरेकाे हाे । प्रारम्भिक अनुगमनको क्रममा ९ वटा मापदण्डहरूमध्ये ९४ दशमशब ७१ अंक प्राप्तसहित साे स्वास्थ्य चाैकी घाेषित भएकाे हाे ।

नेपाल सरकारको राष्ट्रिय प्रजनन स्वास्थ्य रणनीति र किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य कार्यक्रम सञ्चालन नीतिगत व्यवस्थाका अधारमा उदयपुर जिल्लामा २६ ओटा स्वास्थ्य संस्थालाइ किशोर किशोरीमैत्री स्वास्थ्य सेवा उपलब्ध गराउन अवश्यक प्राविधिक सहयोग संयुक्त राष्ट्र संघ जनसंख्या कोषले  उपलब्ध गराउदै अएको छ । साझेदार संस्था एड्रा नेपालले स्थानीय सरोकारवालाहरूसंग समन्वय गरी थप सहयोग उपलब्ध गराएकाे थियाे । स्थानीय सरकारको उल्लेख्य सहयोगले मात्र दीगो र गुणस्तरीय लैंगिक तथा किशोर किशोरी मैत्री स्वास्थ्य सेवा हुन सक्ने स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताउनुभयाे । त्यस्तै परिवार कल्याण महाशाखाका जनस्वास्थ्य नीरिक्षक विष्णु बास्कोटाले अव थप राम्राे सेवा प्रवाह हुने विश्वास व्यक्त गर्नुभयाे ।
किशोर किशोरीका योन तथा प्रजनन स्वास्थ्यका सवाल समुदायको सवाल भएपनि परम्परागत धारणा र सामाजिक मूल्यका कारणले यसलाइ उचित समयमा सम्बोधन गर्न नसक्दा कुण्ठित हुनगइ, बाल विवाह, बलात्कार, अनिच्छित गर्भधारण र योन हिंसा जस्ता अपराधका कतिपय घटना समाजमा भएका छन । यसैले किशोर किशोरीका योन तथा प्रजनन स्वास्थ्य तथा वृहत्तर योनिकता कार्यक्रम अझ बढाउन सरोकारवाला र दातृ निकायलाइ अनुरोध गर्दछु, त्रियुगा नगरपालिकाका सामाजिक फाटका अधिकृत विश्वजीत राइले भन्नुभयो ।

याेसहित जिल्लामा जम्मा ६ वटा स्वास्थ्य संस्था किशोरकिशोरी मैत्री भएको युएनएफपिएका जिल्ला अधिकृत केदार रानाले बताउनुभयाे । स्थानीय तहको सहयोग उपलब्ध भए अन्य स्वास्थ्य संस्थाहरूलाइ पनि किशोरकिशोरीमैत्री बनाउन प्राविधिक सहयोगलाइ निरन्तरता दिन सकिने उहाँले बताउनुभयाे ।

स्वास्थ्य संस्थामा अएका किशोर किशोरीहरूले किशोरकिशोरी मैत्री सामाग्री उपयोगी भएको बताए । पाठ्यपुस्तकमा भएका कतिपय विषयवस्तुसंग मेल खाए पनि सरल र बुझिने गरी विषयवस्तुहरू प्रस्तुत गरीएकोले जिवन उपयोगी सिपको विकास हुने उनीहरूकाे भनाइ छ ।

याैन तथा प्रजनन स्वास्थ्यसंग सम्बन्धित सूचनामुलक सामाग्रीका साथै किशोरकिशोरमैत्री स्वास्थ्य संस्थामा तालिम प्राप्त जनशक्ति हुने भएकोले किशोर किशोरीका वास्तविक समस्या के हो भन्ने सहज ढंगले पहिचान गर्ने र किशोर किशोरीहरू पनि समस्या खुलेर भन्न सक्ने वातावरण स्वास्थ्य संस्थामा  स्वास्थ्यकर्मी मुना अचार्यले बताउनुभयाे । अधिकांश लैंगिक हिंसा योन तथा प्रजनन स्वास्थ्यसंग सम्बन्धित हुने भएकोले त्यसको मुहाननै रोक्न यस खालका कार्यक्रमले सहयोग पुग्ने परिवार कल्याण महाशाखाका विष्णु बास्कोटाले बताउनुभयाे ।

तस्विरहरू :